राजनीति

उद्योग समितिको बैठक स्थगित

प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १५औँ बैठक स्थगन भएको छ।

सोमबार बिहान १० बजेका लागि तय गरिएको उक्त बैठक विशेष कारणवश स्थगित गरिएको समितिका शाखा अधिकृत प्रबल पौडेलले जानकारी दिए।

‘समितिको मिति २०८३/०५/०१ गते सोमबार बिहान १० बजेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको ब्यहोरा समितिका माननीय सदस्यहरूको जानकारीको लागि अनुरोध छ’,सूचनामा भनिएको छ।

बजारमा चिनीको सहज आपूर्तिका विषयमा देखिएका समस्या र समाधानका उपायबारे आज समितिमा छलफल हुने कार्यतालिका थियो।

प्रकाशित: १ भाद्र २०८३ १२:०० सोमबार