राजनीति

प्रधानमन्त्री शाहलाई भारतीय कांग्रेसको बधाई : साझा सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले पनि शुभकामना दिएको छ। पार्टीका अध्यक्ष मल्लिकार्जुन खड्गेले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका हुन्। 

यसअघि सत्तारूढ भारतीय जनता पार्टीका नेता एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शाहलाई बधाई दिएका थिए। सो बधाई सन्देशमा मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने काममा उत्सुक रहेको बताएका थिए। 

खड्गेले लेखेका छन्, ‘भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट, म श्री बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकोमा हार्दिक बधाई व्यक्त गर्दछु। भारत-नेपाल सम्बन्ध गहिरो जरा गाडेको जनता-जनता सम्बन्ध र साझा सांस्कृतिक सम्पदामा आधारित छ। हामी विश्वस्त छौं कि यो दिगो साझेदारी अझ सुदृढ हुनेछ, जसले हाम्रा जनताको लागि शान्ति, समृद्धि र पारस्परिक प्रगतिलाई बढावा दिनेछ।’

प्रकाशित: १४ चैत्र २०८२ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App