राजनीति

नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको छ: जयशंकर

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्।

आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताज महलमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जालमार्फत जयशंकरले यस्तो प्रतिक्रिया दिएका हुन्।

दुईदिने भ्रमणका लागि आज नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक भेटवार्ता हो।

भेटपछि सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै जयशंकरले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने शाहको भेटवार्ता तथा कार्यक्रमको प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन्।

‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ। भारतले नेपालसँगको विशेष मित्रतालाई महत्त्वका साथ लिन्छ,’ जयशंकरले लेखेका छन्, ‘भोलि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उनको भेटवार्ताको प्रतीक्षामा छु।’

प्रकाशित: ६ मंसिर २०८३ १९:४९ आइतबार