राजनीति

कम्युनिष्ट आन्दोलनमा पुष्पलालले दिएको योगदान आज पनि उतिकै सान्दर्भिक: नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले दिएको योगदान आज पनि उतिकै सान्दर्भिक रहेको बताएका छन्।

बुधबार पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन्।

उनले भनेका छन्,'कमरेड पुष्पलालले हामीलाई भौतिक रुपमा छाडेर गए पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई उहाँले दिनुभएको योगदान आज पनि उतिकै सान्दर्भिक छ।'

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । 

प्रकाशित: ७ श्रावण २०८२ ०६:५५ बुधबार

#NagarikNews #Madhavkumar nepal