राजनीति

एमाले छोडेर बालेनलाई जिताउने अभियानमा लागे युवा संघका नेता

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले राजीनामा दिएका छन्। 

उनले झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उठेका रास्वपा उम्मेदवार बालेन शाहलाई चुनावी अभियानमा सघाउने भन्दै राजीनामा घोषणा गरेका हुन्। 

नगर अध्यक्ष खतिवडासँगै उपाध्यक्ष विजय तामाङ पनि रास्वपा प्रवेश गरेका छन्।

खतिवडाले सामाजिक सञ्जालमार्फत पार्टी र संगठनका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनले परिवर्तनलाई आत्मसात् गर्दै अब स्वतन्त्र राजनीतिक जीवन बिताउने उल्लेख गरेका छन्।

उनले अब परिवर्तनको पक्षमा सक्रिय रहने भन्दै आगामी निर्वाचनलाई लक्षित गर्दै बालेन शाहको अभियानमा समर्थन गर्ने बताएका हुन्।

प्रकाशित: ७ माघ २०८२ १२:०३ बुधबार