राजनीति

धार्मिक पहिचानको नाममा समाजलाई विभाजित गर्न खोजियो : दुर्गा प्रसाईँ

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले वर्तमान सरकार, प्रधानमन्त्री र सुरक्षा व्यवस्थामाथि आलोचना गर्दै नेपाललाई असफल राष्ट्र बनाउने योजनामा विदेशी हस्तक्षेप गराउने प्रयास भइरहेको आरोप लगाएका छन्। 

आइतबार पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग हिन्दु अधिराज्य स्थापनाका विषयमा यसअघि नै सहमति गरेको दाबी गर्दै वार्ताबाट पछि हट्न खोजेको बताए। 

प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई लक्षित गर्दै सत्ता केवल प्रहरी, सेना वा बन्दुकले मात्रै नचल्ने भन्दै नेपालको पहिचान वैदिक सनातन, किरात तथा बौद्ध सभ्यतासँग जोडिएको हुँदा ति कुरालाई व्यवस्था गर्न नहुने बताए। 

उनले प्रधानमन्त्रीले हिन्दु राष्ट्र पुनःस्थापना हुन नसक्ने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाउँदै नेपाल हिन्दु राष्ट्र हुन नसक्ने भए त्यसको विकल्प के हो बताउनुपर्ने जिज्ञासा राखेका छन्। 

केवल धार्मिक पहिरन वा रुद्राक्षको माला लगाउँदैमा हिन्दु नहुने भन्दै धार्मिक पहिचानको नाममा समाजलाई विभाजित गर्न खोजिएको बताए। 

प्रकाशित: १७ श्रावण २०८३ १६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App