नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
हेटौँडा कपडा उद्योग राजनीतिक स्टन्ट कि दिगो सञ्चालन भन्दै पोखरेलले यस्तो बताएका हुन्। 'स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ!' उनले भनेका छन्।
उनले नयाँ सरकार बनेपिच्छे हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गरिने र केही दिन चलेको नाटक पनि देखाइने गरेको जिकिर गरे। तर, केही समय नबित्दै उद्योग पुनः बन्द हुने पुरानै नियति दोहोरिने गरेको उनको भनाइ छ।
उनका अनुसार राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक रहेको छ।
'नयाँ सरकार बनेपिच्छे हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गरिन्छ, केही दिन चलेको नाटक पनि देखाइन्छ। तर, केही समय नबित्दै उद्योग पुनः बन्द हुने पुरानै नियति दोहोरिन्छ,' सामाजिक सञ्जालमार्फत उनले भने, 'राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक छ।'
प्रकाशित: २५ श्रावण २०८३ १०:३६ सोमबार