नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो पहिलो निर्णय सचिवहरूसँगको विस्तृत छलफलपछि मात्र लिने बताएका छन्।
आइतबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गेका मन्त्री गुप्ताले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।
उनले मन्त्रालयको अवस्था, नीति, कार्यक्रमबारे पूर्ण जानकारी लिएर मात्रै काम अगाडि बढाउने स्पष्ट पारे। ‘आज पहिलो दिन मन्त्रालयमा आएको छु। यहाँका सचिवज्यूहरूसँग बसेर मन्त्रालयको अवस्थाबारे ब्रिफिङ लिन्छु,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘छलफल गरेर मात्रै पहिलो निर्णय के गर्ने भन्ने टुङ्गो लगाउँछु।’
प्रकाशित: ९ कार्तिक २०८२ १६:१७ आइतबार