राजनीति

सात मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आज बस्ने प्रतिनिधिसभा बैठकमा १ घण्टा ७ मिनेट बोल्न मन लागेको बताएका छन्।

सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आएको भन्दै साम्पाङले यस्तो इच्छा व्यक्त गरेका हुन्। देशको स्वाधीनता, सम्प्रभुता र नेपाली जनताको पीरव्यथा र विकासको आकांक्षाका बारेमा संसद्‍मा बोल्न चाहना रहेको उनको भनाइ छ। 

'सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो! सात मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ!' उनले सामाजिक सञ्जालमा लेखे, 'देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र बिकासको आकाँक्षालाई लिएर!'

प्रकाशित: १९ चैत्र २०८२ ११:५५ बिहीबार