राजनीति

मलाई अब कुनै पद वा व्यक्तिगत लाभको अपेक्षा छैन : देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भइसकेको स्मरण गरेका छन्।

देउवाले आफूलाई अब कुनै पद वा व्यक्तिगत लाभको अपेक्षा नरहेको भन्दै स्मरण गरेका हुन्। उनले देश र जनताका लागि योगदान गर्ने तथा लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउने आफ्नो चाहना रहेको बताएका छन्।

पोखरामा शनिबार आयोजित नेपाली कांग्रेस देउवा समूह गण्डकी प्रदेशको दोस्रो नियमित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सिङ्गापुर र हङकङमा उपचार गराएर पूर्ण रूपमा स्वस्थ भई फर्किएको बताए।

आफ्नो बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्ने उनको भनाइ छ। आफूलाई साथीभाइ तथा नेपाली दाजुभाइ दिदीबहिनीको सद्भाव र मायाले नयाँ जीवन दिएको उल्लेख गर्दै उनले अब जनताको हित र लोकतन्त्रको रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ६ मंसिर २०८३ ०६:३८ आइतबार