पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी अध्यक्षबाट राजीनामा दिएपनि राजनीति नछाडेको बताएका छन् । डा.भट्टराइले बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्षबाट राजीनामा दिएपनि राजनीति नछाडेको बताएका हुन् ।
बुधबार मात्रै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट डा.भट्टराईले राजीनामा दिएको घोषणा गरेका थिए । उनले नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न आफू अलग भएको बताएका छन् ।
‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु,’ पूर्व प्रधानमन्त्री भट्टराइले भने । उनले नयाँ कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्ने पनि माग गरे ।
प्रकाशित: ९ आश्विन २०८२ १२:५७ बिहीबार