राजनीति

झापा-५ का मतदाताको माया र विश्वास धेरै पाएँ : अध्यक्ष ओली

काठमाडौं फर्किने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताको धेरै माया र विश्वास पाएको बताएका छन्। सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

आज दिउँसो भद्रपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरूले मतदाताको माया कस्तो पाउनुभयो भन्ने जिज्ञासा राखेका थिए। अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का मतदाताबाट धेरै माया र विश्वास पाएको प्रतिक्रिया दिए।  

एक साता आफ्नो क्षेत्रमा मतदातासँग बिताएका ओलीलाई स्थानीय समस्या, विकास योजना माग र कतिपय अपुरो योजनाहरूका बारेमा जानकारी गराइएको थियो। मतदाताले अध्यक्ष ओलीलाई आफ्नो क्षेत्रका मतदाताहरूलाई बेलाबेला भेट गर्ने कार्यक्रम समेत राखिदिन सुझाव दिएका छन्। उनले क्षेत्रमा आफ्ना मतदाताहरूलाई पर्याप्त समय दिइ छलफल गरेका थिए।  

भद्रपुर–१ स्थित हिमालीमा जलेकोको बुबाको घर हेरेर काठमाडौं फर्किएका ओली फागुन ३ गते झापा आउने बताइएको छ।

प्रकाशित: २९ माघ २०८२ १८:२३ बिहीबार