राजनीति

मैले गगन थापालाई प्रधानमन्त्री बन्नुहोस् भने, तर माहौल अर्को भयो: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले जेन-जी आन्दोलनपछि देश नेतृत्वविहीन बन्दा गगन थापालाई प्रधानमन्त्री बन्ने तयारी गर्न सुझाएको बताएका छन् ।  

नागरिकसँगको कुराकानीमा उनले यो आन्दोलन चर्केको बेला आफू फिलिपिन्समा भएको बताउँदै त्यहीबाट गगन थापालाई प्रधानमन्त्रीको लागि तयार हुनुहोस हामी सहयोग गर्छौँ भनेको बताए ।  

उनले भने, ‘हामी पनि छौँ तर जेन-जीसँग नजिक भएर काम गर्न तपाईंलाई सजिलो हुन्छ भन्दै मैले नै गगन जीलाई भनेको हो । तर माहौल अर्कै भयो ।’

उनले संसद जोगाउन पार्टीभित्र मिलाउनुहोस् बाहिर हामी मिलाउँछौँ भनेर लागेको पनि बताए । 

प्रकाशित: २९ आश्विन २०८२ १९:५७ बुधबार