राजनीति

आफूबारे गलत विचार फैलाइएको घिसिङको दाबी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लाे समय उनका बारेमा सामाजिक सञ्जालमा आएका विभिन्न अभिव्यक्तिबारे ध्यानाकर्षण भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अब बन्ने सरकारले मन्त्री बनाउने भन्ने हल्ला भएसँगै उनले नेपालको संविधानअनुसार गैर सांसद व्यक्ति मन्त्री बन्न नसक्ने बताएका छन्। 

साथै जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न नसकिने भन्दै सरकारमा सहभागिताबारे आफ्नो कसैसँग छलफल नभएको बताएका छन् । 

जेन जी आन्दोलनपछ भएको निर्वाचन र त्यसको परिणामलाई सम्मान गर्दै भविष्यमा उज्यालो पार्टी नेपाललाई अझै सुदृढ बनाउने अभियानमा आफू लाग्ने उनकाे भनाइ छ।  

भविष्यमा सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणमा आफ्नो प्रतिबद्धता रहेको भन्दै आफुहरु विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न आग्रह गरेका छन् ।  

प्रकाशित: ११ चैत्र २०८२ १२:१७ बुधबार