राजनीति

कारागार बस्दाको भाकल पूरा गर्न भारत जाँदै छु : रवि लामिछाने

​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत गएका छन्।

उनले यो भ्रमणलाई विशुद्ध पारिवारिक तथा धार्मिक भ्रमण भएको बताएका छन्।

​भारत भ्रमणमा जाने क्रममा शुक्रबार धनगढी विमानस्थल पुगेका लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै कारागारमा रहेका बेला गरेको भाकल पूरा गर्न धार्मिक स्थलको भ्रमणमा जान लागेको बताए। यो केवल व्यक्तिगत भ्रमण मात्र रहेको उनले प्रस्ट पारे।

आफ्नो परिवार आध्यात्मिक भएकाले धार्मिक आस्था, विश्वास र संस्कार अनुसार यो भ्रमणमा जान लागेको उनले बताए।

कैँची धाम र कामाख्या मन्दिर नै किन रोज्नु भएको भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने,‘पहिलेदेखि नै जाऔँला भन्ने नै थियो। कारागारमा हुँदा नै हाम्रो परम्परा अनुसार भाकल गरिएको थियो, त्यो पूरा गर्न जाँदै छु।’

​भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App