निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्। उनले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा थप हर्षित भएको बताएकी छन्।
'नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।,' उनले लेखेकी छन्।
प्रकाशित: १३ चैत्र २०८२ १४:४४ शुक्रबार