समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-७ गौरीघाट, मिलनचोकमा डेरा गरी बस्ने ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा रहेका छन् ।

उनलाई ४० वर्षीया श्रीमती बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा शेर्पालाई पक्राउ गरेको हो । अप्सरा आइतबार दिउँसो आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान्-श्रीमतीबीच वादविवादपछि झगडा हुँदा तेन्जिङले कुटपिट गर्नुका साथै ढुङ्गाले प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: २७ आश्विन २०८२ १५:१५ सोमबार