राजनीति

हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति

हुंकार मधेशले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।

कार्तिक ९ गते बसेको हुंकार मधेशको केन्द्रीय सचिवालय बैठकले विभिन्न जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको हो। संगठनका केन्द्रीय प्रवक्ता केशव कुमारले जारी गरेको प्रेस विज्ञप्तिअनुसार झापादेखि कञ्चनपुरसम्मका २२ जिल्ला तथा काठमाडौं, ललितपुर र भक्तपुरमा सम्पर्क व्यक्ति तोकिएका छन्। 

असोज ९ गते घोषणा भएको हुंकार मधेशले यसअघि केन्द्रमा सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुख घोषणा गरिसकेको छ। संगठनले थरुहट–मधेशलाई जोड्ने अभियानका रूपमा मंसिरको पहिलो सातादेखि ‘हुंकार हुलाकी यात्रा’ सुरु गर्ने तयारी गरेको जनाएको छ।  

प्रकाशित: १० कार्तिक २०८३ १२:०८ मंगलबार