राजनीति

प्रतिनिधिसभा बैठक असार १४ गते बस्ने

प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ।  आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ। यसअघि भोलि (शनिबार) बिहान ११ बजे बस्ने गरी बैठक तय गरिएको थियो।  

संसद् सचिवालयले ‘विशेष कारण’ देखाउँदै बैठक स्थगित गरिएको जानकारी दिएको छ। अब प्रतिनिधिसभाको अर्को बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने तय गरिएको छ।  

प्रकाशित: १२ असार २०८३ १६:४१ शुक्रबार