राजनीति

प्रतिनिधि सभा बैठक : विपक्षी दलका सांसदद्वारा उठेर विरोध

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएका छन् । 

बैठकको सुरुमै उनीहरुले उठेर विरोध जनाएपछि सभामुख डिपी अर्यालले आकस्मिक समय दिने भन्दै सदन सुरु गर्न आग्रह गरेका छन् । 

सभामुख डोलप्रसाद अर्यालले दलीय छलफलका क्रममा आकस्मिक समय तय गरेको जानकारी गराउँदै बसेर बैठक सञ्चालनमा सहयोग गरिदिन आग्रह गरेका थिए। लगत्तै प्रतिपक्षी दलका सांसद बसेपछि सभामुख अर्यालले बैठकको कामकारवाही सुरु गरेका थिए।

प्रकाशित: २८ वैशाख २०८३ १४:१८ सोमबार