आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर २ का सभापति कबिर शर्मा सहित पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको हो। नेपाली कांग्रेस काठमाडौं २ को क्षेत्रीय समितिले मङ्सिर २४ गते थलीस्थित क्षेत्रीय कार्यालयमा बसेको बैठकले सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सचिव दीपक दुलालले जानकारी दिए।
नाम सिफारिस हुनेमा कबिर शर्मा, लोकेश ढकाल, प्रतिमा गौतम, मनिष कोइराला र युपी लामिछाने रहेका छन्।
प्रकाशित: २६ मंसिर २०८२ ०८:३२ शुक्रबार