राजनीति

स्पेन भ्रमणबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्।

“प्रधानमन्त्री ज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु ।” मन्त्री लेखकले भने,“ जानका लागि भिजिट भिसाको प्रबन्ध कसले ग¥यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।”

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । “ यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ ।” उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए।

प्रकाशित: ३० असार २०८२ १२:२२ सोमबार

#NagarikNews #IGP Dipak Thapa #Rameshlakhak