गृहमन्त्री सुधन गुरुङले आफ्नो निजी सचिवालयको उद्घाटन गरेका छन्।
गोरखाको सदरमुकाममा उनले आफ्नो सचिवालय राखेका हुन्। मतदातको समस्या सुन्ने गरी सचिवालय राखिएको गुरुङले बताएका छन्।
गृहमन्त्री गुरुङले गोरखा दरबारमा पुगेर प्रसिद्ध गोरखकाली मन्दिरको दर्शन समेत गरेका छन्।
प्रकाशित: १५ कार्तिक २०८३ १३:५३ आइतबार