गृहमन्त्री ओमप्रकाश अर्यालले वीर अस्पतालमा अनसनरत डा. कमल (निकोलस) भुसालसँग भेटवार्ता गरेका छन्।
बुधबार राति अस्पताल पुगेर उनले डा. भुसालको स्वास्थ्य अवस्था बुझ्नुका साथै अनसन तोड्न आग्रह गरेका हुन्।
विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठक सकेर काठमाडौं फर्किए लगत्तै गृहमन्त्री अर्याल डा. भुसाललाई भेट्न सिधै अस्पताल पुगेका थिए।
भेटका क्रममा गृहमन्त्री अर्यालले डा. भुसालले उठाएका उचित मागहरू सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाए।
मागहरू सम्बोधन हुने विश्वास दिलाउँदै उनले तत्काल अनसन अन्त्य गर्न डा. भुसाललाई आग्रह गरे।
प्रकाशित: १७ पुस २०८२ १४:५७ बिहीबार