राजनीति

रास्वपा सभापति लामिछानेविरुद्धकाे मुद्दा सुनुवाइ स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ।  

लामिछानेका कानुन व्यवसायीको निवेदनमा बिहीबारको लागि तोकिएको सुनुवाइ स्थगित गरिएको हो।  

सर्वोच्च अदालतका न्यायाधीशहरु अव्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो।

प्रकाशित: १७ वैशाख २०८३ १४:०० बिहीबार