आज प्रधानमन्त्री बालेन्द्र शाहको जन्मदिन । जन्मदिनको अवसरमा शुभकामना आउने क्रम बिहानैदेखि जारी छ । यही क्रममा केही रोचक शुभकामना सन्देश पनि आएका छन् ।
विगतदेखिनै बालेन्द्र शाह र हर्क साम्पाङबीच एक खालको सम्बन्ध छ । दुवैले मिलेर अघि बढ्ने चर्चा पनि बेलाबेला आउँछ । दुवै स्वतन्त्रतर्फ मेयर बिजेता पनि हुन् ।
बालेन र हर्कबीच बेला बेला सामाजिक सञ्जालमा विवाद र साथ समर्थन पनि चलिरहन्छ । यही सन्दर्भ आज पनि देखिएको छ । हर्कले बालेनलाई जन्मदिनको शुभकामना भन्दै लेखेका छन्, ‘राजनीतिमा एक अर्काको आलोचना गरे पनि व्यक्तिगत रुपमा माया मात्र है ।’
प्रकाशित: १४ वैशाख २०८३ १८:३७ सोमबार