धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले जेन–जी कुनै व्यक्ति या संस्था नभएर उमेर समूह रहेको बताएका छन् । कसैले ‘म नेतृत्व हुँ’ भनेर हावा तालमा गफ नहान्न पनि उनले सुझाव दिएका छन्।
‘जेन–जी भनेको व्यक्ति होइन संस्था होइन पुस्ता हो ! उमेर समूह हो ! ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले म नेतृत्व हुँ भनेर भन्न नखोज्नु ! हावा तालमा गफ नचुट्नु ! सहिदले चाहे जस्तो आँको छैन शासन !’
प्रकाशित: १२ आश्विन २०८२ ११:१५ आइतबार