राजनीति

हर्क साम्पङ भन्छन् : बालेन जी भन्दा धेरै कूटनीतिक हुनुहुन्छ रवि जी

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच तुलनात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद साम्पाङले बालेनभन्दा रवि धेरै कूटनीतिक छन् भन्दै दुवै बिच तुलनात्मक टिप्पणी गरेका हुन्। उनले शुक्रबारको संसदमा रवि छिरेर आफूसँग हात मिलाउँदै 'आज तपाईं बोल्दै हुनुहुन्छ भन्ने थाहा भएर म पनि आएँ' भनेर भनेको प्रसंग निकाले। 

सोही प्रसंगकै क्रममा हर्कले बालेन र रविबिच तुलना गरे। उनले भने, 'हिजो रवि जी सदनमा छिरेर म सँग हात मिलाउँदै "आज तपाई‌ं बोल्दै हुनुहुन्छ भन्ने थाहा भएर म पनि आएँ" भन्नु भो। अर्थोक केही होला नहोला त्यो तपसिलमा राखौँ तर बालेन जी भन्दा धेरै कूटनीतिक हुनुहुन्छ रवि जी।'

प्रकाशित: २४ श्रावण २०८३ ०७:३१ आइतबार