राजनीति

मन्त्रीहरुको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरुको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन्। 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन्।

उनले लेखेका छन्– ‘प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ।’  

देशको स्वास्थ्यको लागि यो अनिवार्य रहेको बताउँदै उनले सांसदहरूको पनि चेक जाँच गर्न माग गरेका छन्।

प्रकाशित: १५ चैत्र २०८२ ०८:१९ आइतबार