श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मतदान गरेका छन्।
सुनसरी क्षेत्र नं. १ अन्तर्गत धरान वडा नं. १८ मा रहेको कार्मेल स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। उनी यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०९:४८ बिहीबार