राजनीति

सभामुखले रुलिङ नगरेको भन्दै हर्क साम्पाङले गरे बैठक बहिस्कार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन्।

सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन्।

आजको बैठक सुरु हुनासाथ साम्पाङले प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए। तर, सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर सभाबाट बाहिरिएका हुन्।

प्रकाशित: १३ जेष्ठ २०८३ ११:३१ बुधबार