राजनीति

हर्कको ‘ढुङ्गा दर्शन’: पृथ्वी आफैँमा एउटा ढुङ्गा हो !

फाइल तस्बिर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई र ढुङ्गा एक अर्काको पर्याय जस्तै बनेको छ। विकास निर्माण कार्यमा उनले थालनी गरेको ढुङ्गा अभियान निकै चर्चित छ। कागले पानीको लागि गाग्रीमा खसाल्ने ढुङ्गा पनि हर्कले लगिसके भन्ने व्य‌ंग्य समेत गरियो। 

यस्तोमा ढुङ्गालाई लिएर हर्कले गहिरो भावना व्यक्त गरेका छन्। ‘सागरको गहिराइमा पाइने हिरामोतीदेखि सगरमाथाको चुचुरोसम्म पनि ढुङ्गा नै हो !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुङ्गाबिना न घर बन्छ न बाटो ! पृथ्वी आफैँमा एउटा ढुङ्गा हो !’ 

त्यसैले भौतिक विकासको प्रधान र पहिलो पदार्थ र तत्त्व 'ढुङ्गा' नबोकी देशमा भौतिक विकास गर्छु भन्ठान्नु सर्वथा गलत हो भन्दै उनले आफू यो अभियानमा अगाडि बढेको सुनाए। 

प्रकाशित: २५ श्रावण २०८२ ०९:१५ आइतबार