राजनीति

हर्कको प्रश्न : दुर्गा प्रसाईँ जी बिहान पक्राउ परी बेलुकी छुटिहाल्नुको कारण के होला ?

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जय नेपाल पार्टीका नेता दुर्गा प्रसाईँसँग सम्बन्धित विभिन्न प्रस‌ंगमा रहेर प्रश्नैप्रश्न गरेका छन्।

उनले प्रसाईँले अशान्ति र कलह चाहिरहनुको कारण के रहेछ भन्दै चार वटा प्रश्न गरेका हुन्। साथै, प्रसाईँले नेपाल चलाउन सकिएन भारतलाई सुम्पिदिउँ भन्नुको कारण र बिहान पक्राउ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारणबारे पनि जान्न खोजेका छन्।

यस्तै, उनले ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रैछ भन्दै चौथो प्रश्न गरे।

'दुर्गा प्रसाइँ जीले अशान्ति र कलह चाहिरहनुको कारण, नेपाल चलाउन सकिएन भारतलाई सुम्पिदिउँ भन्नुको कारण, बिहान पक्राऊ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारण, ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रैछ?' सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरे।

प्रकाशित: २५ श्रावण २०८३ ०९:३० सोमबार