राजनीति

हर्कको प्रश्न : अर्बौँको भ्यु टावर बनाउनेले खानेपानीमा चार करोड मात्रै छुट्याएर ऋण ल्याउन मिल्छ ?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूले एडिबीको ऋण नलिनेबारे दोहोर्‍याएका छन्।

मंगलबार सामाजिक सञ्जलामा लेख्दै मेयर राईले पार्टीका नेताकार्यकर्ताहरुले आफ्नो विरोध किन गरेका होलान् भन्दै  एडिबीको ऋण नलिनेबारे दोहोर्‍याएका हुन्। उनले लेखेका छन्, 'भए भरका पार्टीहरूका नेताकार्जेकर्ताहरूले मेरो विरोध किन गरेका होलान्? मैले कुनै काम बिगारेँ कि? एडिबीको ऋण नलिने!'

उनले अर्बौँको भ्यु टावर बनाउन सक्ने सरकारले खानेपानीमा चार करोड मात्रै छुट्याएर ऋण ल्याउन मिल्छ भन्दै प्रश्न समेत गरेका छन्।

प्रकाशित: २० श्रावण २०८२ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App