राजनीति

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

धरानका मेयर हर्क साम्पाङले  गालीलाई पनि  उपहार सम्झेर राख्ने गरेको बताएका छन्। सामाजिक सञ्जालमा निरन्तर पोस्ट गर्दै आएका साम्पाङले आफुले पाउने गरेको  गालिलाई नेपाली दाजुभाइहरूले दिनु भएको उपहार सम्झेर राख्ने गरेको बताए। 

‘मलाई गाली गर्नेहरूलाई के थाहा, तपाईँहरूले गर्नु भएको गालिलाई पनि मैले मेरै नेपाली दाजुभाइहरूले दिनु भएको शब्द उपहार सम्झेर सकारात्मक ऊर्जाको रूपमा ससम्मान सँगालेर राखेको छु भन्ने !,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आइ लभ यु अल।’ 

प्रकाशित: १७ भाद्र २०८२ ०७:२२ मंगलबार