राजनीति

हर्कको गुनासोः देशको जिम्मा लिन खोजेको, ‘खानेपानी’ थमाए

फाइल तस्बिर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू ५ सय किलोमिटर दुरी पार गरेर देशको जिम्मा लिन आएको तर खानेपानी र श्रम मन्त्रालय दिएपछि नलिएको बताएका छन्। पदको लोभ गरेको भन्ने आलोचना आएपछि उनले आफ्नो सफाइमा यस्तो धारणा राखेका हुन्। 

‘मलाई पदको लोभी भन्नेहरूलाई के थाहा देश दनदनी जलिरहेको बेला सबै डराएर घर भित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म।’ 

प्रकाशित: ३१ भाद्र २०८२ ०६:३५ मंगलबार