राजनीति

सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना: अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्तीको अवसरमा सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन्।  ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ भन्ने शुभकामना ओलीले दिएका छन्। 

‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना।’

प्रकाशित: २७ पुस २०८२ ०८:३४ आइतबार