राजनीति

महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट महामन्त्रीमा नै निर्वाचित भएका थिए। 

घिमिरेले पार्टीलाई थप सुदृढ र गतिशील बनाउने एजेन्डासहित महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। उनको उम्मेदवारीसँगै कांग्रेस महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बनेको छ।

महाधिवेशनमा विभिन्न नेताहरूले पदाधिकारीका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेकाले कांग्रेसभित्र नेतृत्व चयनको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

प्रकाशित: २० आश्विन २०८३ १५:०९ मंगलबार