राजनीति

अन्तर्राष्ट्रिय युवा दिवसमा दाहालको शुभकामना, युवाको ऊर्जा राष्ट्र निर्माणमा लगाउन आग्रह

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्वपूर्ण रहँदै आएको बताएका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन्।

युवालाई शिक्षा, सीप, क्षमता विकास तथा रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा दाहालले जोड दिएका छन्।

'युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ,' दाहालले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा दाहालले देशको सामाजिक, राजनीतिक तथा आर्थिक रूपान्तरणमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

 

प्रकाशित: २७ श्रावण २०८३ ११:१२ बुधबार