राजनीति

सरकारले गर्यो २७ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ।

भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय सोमबार सङ्घीय मामिला मन्त्रालयले सार्वजनिक गरेको हो।

यस पटकको सरुवामा विशेष गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न सङ्घीय मन्त्रालयहरू र प्रदेशका मन्त्रालयहरूमा ठुलो फेरबदल गरिएको छ।

को कहाँ ? हेर्नुहोस् सूची

प्रकाशित: ८ भाद्र २०८३ १४:०७ सोमबार