राजनीति

सरकारले संयमता देखाउनु पर्छ : उपमहासचिव भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक मात्र नभई संयमित हुनुपर्ने बताएका छन्।शनिबार बिहान पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि भट्टराईले प्रतिशोध र बदला भन्दा संवाद र सहकार्यको बाटो रोज्नुपर्ने बताएका हुन्।  

सामाजिक सञ्जालमार्फत उनले कानूनी राज्य र विधिको शासनको उपहास स्वीकार्य नहुने उल्लेख गरेका छन्। उनले घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने मागसमेत गरेका छन्। 

‘कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन। घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनु पर्दछ। हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।  

उनले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न सरकारको ध्यानाकर्षण गराउँदै आफ्नो पार्टीले कानूनी र राजनीतिक बाटो अवलम्बन गर्ने बताएका छन्।  

प्रकाशित: १४ चैत्र २०८२ १०:५५ शनिबार