राजनीति

सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नु हुँदैन : अग्नि खरेल

नेकपा एमालेका नेता अग्नि खरेलले पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदम भएको बताएका छन्।  

उनले भदौ २३ को घटनाप्रति संवेदनशील हुनुपर्ने र त्यसबेला बालबालिकाको ज्यान गएको घटनामा आत्मालोचना तथा क्षमायाचना आवश्यक रहेको भएपनि पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदम भएको बताएका हुन्। 

खरेलले भदौ २३ गतेको घटनामा तत्कालीन सरकारले नैतिक जिम्मेवारी लिँदै क्षमायाचना गर्नुपर्ने भए पनि वर्तमान सरकारले कानुनी प्रक्रिया पूरा नगरी गिरफ्तारी गरेको आरोप लगाएका छन्। फौजदारी अनुसन्धानका स्थापित विधि र प्रक्रिया पालना नगरिएको उनको तर्क छ । 

पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्री पक्राउ परेसँगै सरकार आफ्ना पुराना अभिव्यक्ति पूरा गर्ने उद्देश्यले मात्रै अघि बढेको जस्तो देखिएको भन्दै उनले यसले प्रतिशोधको झल्को दिने बताए। साथै, कार्की आयोगको प्रतिवेदन पनि अधुरो, अपूर्ण र कमजोर रहेको भन्दै त्यसकै आधारमा गरिने कारबाही उपयुक्त नभएको उनको भनाइ छ। 

प्रकाशित: १५ चैत्र २०८२ १३:०६ आइतबार