राजनीति

सरकारले ६५ भ्रष्टाचार काण्डको छानबिन गर्नुपर्छ : ज्ञानेन्द्र शाही

सांसद ज्ञानेन्द्र शाहीले देशमा चर्चित बनेका ६५ वटा ठूला भ्रष्टाचार तथा अनियमितता सम्बन्धी काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न  प्रधानमन्त्री बालेन्द्रलाई आग्रह गरेका छन्। 

सामाजिक सञ्जालमार्फत सांसद शाहीले सरकारले ललिता निवास जग्गा काण्ड ,नक्कली भुटानी शरणार्थी काण्ड, वाइडबडी विमान खरिद काण्ड लगाएतका ६५ वटा काण्डको छानविन गनुपर्ने माग राखेका हुन्।

देशमा भएका ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीहरूलाई कानुनी कटघरामा उभ्याइनेछ भन्नेमा आफू आशावादी रहेको बताएका छन्। 

प्रकाशित: ३ जेष्ठ २०८३ १२:४६ आइतबार