राजनीति

सरकारले पनि कानुन पालना गर्नुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुन सबैले समान रूपमा पालन गर्नुपर्ने बताएका छन्।

सर्लाही क्षेत्र नं ४ अन्तर्गत धनकौलबजारमा बुधबार आयोजित कार्यक्रममा सभापति थापाले कानुन नागरिकलगायत सरकारले पनि पालना गर्नुपर्ने धारणा राखे।

सभापति थापाले सर्लाहीका स्थानीय प्रशासनलाई लक्षित गर्दै कानुन कार्यान्वयनमा विभेद नगर्न आग्रह गरे। उनले पार्टी वा व्यक्ति हेरेर कानुन लाग्ने वा नलाग्ने कुरा पार्टीलाई सैह्य नहुने बताए।

उनले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्यवस्तु किनमेलमा लगाइएको सीमाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरे।

थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का २३ हजार जनताको प्रतिनिधि रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १७ वैशाख २०८३ ०६:३३ बिहीबार