अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारको पहिलो प्राथमिकता क्षति भएका संरचनाको पुनर्निर्माण गर्नु रहेको बताएका छन् ।
जेन-जी प्रदर्शनका क्रममा आगजनी भएको संसद भवनको निरीक्षण गर्दै मन्त्री खनालले क्षतिको यकीन विवरण आउन बाँकी रहेको तर अवस्था अध्ययन गर्न समिति गठन गर्न लागिएको पनि बताए ।
उनले भने, ‘पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुननिर्माण गर्ने हो । क्षति यति भयो भन्न सकिने अवस्था छैन अहिले त्यसका लागि समिति गठन गर्दैछौं । समितिले अनुमान गर्नेछ।’
प्रकाशित: १ आश्विन २०८२ १७:१० बुधबार