राजनीति

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरेका छन्।

अवधि पत्रकार सङ्घ केन्द्रीय समितिले म‌ंगलबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहज रूपले पुग्न नसकेको भनी त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे।

अध्यक्ष यादवले गरिबी र बेरोजगारी चरम सीमामा पुगेको अवस्थामा ‘जेनजी’ले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलको ध्यान जानुपर्ने बताए।

प्रकाशित: २६ जेष्ठ २०८३ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App