राजनीति

सरकारले जनताको भावना बुझ्न सकेन : आङदेम्बे

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले जनताको आवाज उठाउन नसकेको आरोप लगाएका छन्।

शुक्रबार पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै नेता आङदेम्बेले सरकारले आदिवासी जनजाति, दलित, महिला र गरिब किसानको संवेदनशीलता बुझ्न नसकेको बताए।

उनले भने,‘सिंहदरबार भित्र देखिएको बहुमतले आदिवासी जनजाति, दलित, महिला र गरिब किसानको संवेदनशीलता बुझ्न सकेको छैन। यो सरकार नैतिक धरातलमा उभिएको छैन।’

यस्तै, उनले जस्तोसुकै प्रतिकूल परिस्थिति आएपनि नेपाली कांग्रेसको लक्ष्य र उद्देश्यमा विचलित नहुने बताए।

उनले कांग्रेसले मुलुकको सबै भूगोल र समुदायको संवेदनशीलतालाई सम्बोधन गर्ने बताए।

प्रकाशित: २२ श्रावण २०८३ १४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App