नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न नसक्ने बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।
गगन थापालाई पक्राउ गर्ने चर्चा दिनभर चले पनि पक्राउ नगरिएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरे।
‘सरकार बिल्कुल संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता र मर्मभन्दा बाहिर जान खोजिरहेको छ। यो देशका लागि पनि र सबै जनताका लागि पनि निकै चिन्ताको विषय हो,’ उनले भने, ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन।’
यस्तै, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाएको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए।
जवाफमा उनले उक्त निर्णय उचित थियो वा थिएन भन्ने विषयमा अहिले टिप्पणी नगर्ने बताए। उनले आईजीपी हटाउने विषय अदालतमा पुगिसकेकाले अब अदालतले नै त्यसबारे निर्णय गर्ने बताए।
‘आईजीपीलाई हटाएको ठीक गर्यो सरकारले रु अब त्यो कुरा त अदालतमा गइसकेको छ, अदालतले बोल्छ,’ उनले भने।
प्रकाशित: २० कार्तिक २०८३ १७:२२ शुक्रबार