राजनीति

गोपी हमालद्वारा राष्ट्रियसभा निर्वाचन बहिष्कार

सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले मतदान गरेका छैनन्।

आज भएको राष्ट्रियसभा निर्वाचनमा मतदाता संख्या २ सय २४ रहेकोमा ४ मत खसेको छैन। जसमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा बिष्ट, धनपाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरियाले मतदान गरेका छैनन्।  

प्रकाशित: ११ माघ २०८२ १५:१५ आइतबार