राजनीति

गोकुलको कटाक्ष : ‘नीलो क्रान्ति’ वाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो

नेकपा एमालेका नेता गोकुल बास्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेको गतिविधिप्रति कटाक्ष गरेका छन्।

बास्कोटाले सामाजिक सञ्जालमार्फत विपद्का बेला ‘नीलो क्रान्ति’ वाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रालाई समेत बिर्साउने अवस्था आएको टिप्पणी गर्दै कटाक्ष गरेका हुन्।

उनले जलवायु परिवर्तनको भयावह असरबाट विश्व नै पीडित रहेको उल्लेख गर्दै धनी राष्ट्रहरूको बेवास्ता पनि उत्तिकै रहेको बताए। विपद्का बेला सहयोग प्राप्त भइरहे पनि त्यसमा देखिने प्रदर्शनप्रति भने उनले प्रश्न उठाएका छन्।

बास्कोटाले लेखेका छन्, 'विपतमा नीलो क्रान्तिवाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो। जलवायु परिवर्तनको भयानक असरले विश्व पीडित छ। र, धनी राष्ट्रहरूको वेमतलव पनि उस्तै। सहयोग त दिएकै छन्। तर यस्तो लाग्छ– त्यो आँशुको अन्तहीन व्यापार चलिरहन्छ।'

प्रकाशित: १५ भाद्र २०८३ ०७:१० सोमबार